स्मार्ट बन्दै पोखरा १३
पाेखरा | माघ २४, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने ।
गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ ।
नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । गतिविधि बढाउँदै नागरिकलाई सुसूचित बनाउने बाटोमा पोखरा १३ लागिरहेको उनले उल्लेख गरे ।
आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता उनको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

